३० आश्विन २०८३, शुक्रबार

श्रोत नखुलेको १३ लाख रुपैयाँसहित २ जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बाँके, २६ मंसिर । प्रहरीले श्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका २ स्थित घरबारी टोलबाट वुधबार दिउँसो प्रहरीले उक्त रकमसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका २ बस्ने बिनोद कुमार सोनी र सोही स्थान बस्ने ४६ वर्षीय सौरभ सोनी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँके र ५ नम्बर प्रदेश ब्यूरोबाट खटिएको प्रहरीले भे.५ प २७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।