
रौतहट, २६ मंसिर । रौतहटमा खुल्याम रुपमा मदिरा बने पनि प्रहरीले रोक्ने प्रयास नगरेको स्थानीयको गुनासो छ । जिल्लाको वृन्दावन नगरपालिका वडा–१ स्थित बलरीको भोटे टोलमा खुलेआम रुपमा मदिरा बने पनि प्रहरीले रोक्ने प्रयास समेत नगरेको स्थानियले गुनासो गरेका छन् ।
उनीहरुले कच्चा पदार्थबाट मदिरा उत्पादन गर्ने गरेको हो । सो गाउमा मदिरा उत्पादन भएपछि बच्चादेखि ठुलाबडा सम्मले मदिरा सेवन गर्ने गरेको बुद्धिजीविहरुले बताएका छन् ।
बलरीको भोटेटोलको मदिरा सेवन गर्न जिल्लाको विभिन्न स्थानबाट मदिरा सेवन कर्ताहरु आउनेगरेको स्थानीयले बताएका छन् । स्थानीयले सो गाउमा बनिरहेको मदिरा तत्काल रोक्नु पर्ने बताए ।
मदिरा बनाउन रोक्ने विषयमा स्थानीयले विश्रामपुर प्रहरी चौकीमा पटक–पटक जानकारी गराए पनि प्रहरीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले बताएका छन् । मदिरा उत्पादनले समाजमा मदिरा सेवन गर्नेको संख्या बढ्दै जान थालेका स्थानीयले बताएका छन् ।
मदिराको उत्पादनले पछिल्लो समय बलरीमा चोरीको घटना बढ्दै गएको बुद्धिजिविहरुको बनाई रहेका छन् । स्थानीय बासिन्दाले बताएअनुसार विश्रामपुर प्रहरी चौकीका प्रहरीहरुले मदिरा उत्पादन गर्नेहरुसँग मोटो रकम लिनेगरेको स्थानीयले आरोप समेत लगाएका छन् ।
सो टोलबाट मदिरा ओसार पसार गर्नेसँग प्रहरीले लिने गरेको स्थानीयले बताएका छन् । यता छिमेकी नगरपालिका चन्द्रपुर अबको केही महिना भित्र मदिरा मुक्त बन्ने भए पनि वृन्दावनको विभिन्न स्थान लगायत किराना पसलहरुमा पनि खुल्याम मदिरा बिक्री वितरण भईरहेको छ ।
सम्बन्धित निकायले सो क्षेत्रमा अनुगमन गर्नुपर्नेमा स्थानीय बासिन्दाले जोड दिँदै आएका छन् । मदिराका कारण सो स्थानमा कैँयौँ पटक झगडा समेत हुने गरेको स्थानीयले बताएका छन् ।















प्रतिक्रिया