
काठमाडौँ, २६ मंसिर । अफ्रिकी मुलुक नाइजरमा सैनिक क्याम्पमा भएको विस्फोटक हमलाका कारण ७१ सिपाहीको मृत्यु भएको छ ।
मालीको सीमा नजिकै नाइजरको दक्षिण क्षेत्र इनेट्समा रहेको सैनिक क्याम्पमा भएको यो आक्रमणमा १२ जना घाइते हुनुका साथै अरु केही हराइरहेका छन् । घटनापछि रक्षामन्त्रीले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । यससागै इजिप्ट भ्रमणमा रहेका राष्ट्रपति मोहमदु इसोफुले स्वदेश फर्कने अवधि छोट्याएका छन् ।
उनले ट्वीटर मार्फत पनि भ्रमण अवधि छोट्याएको जानकारी दिएका छन् । विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । गत सोमबार मात्रै अगन्डोस्थित सैनिक क्याम्पमा आक्रमणको क्रममा तीन नाइजेरियाली सिपाही र १४ विद्राेहि लडाकु मारिएका थिए ।
पछिल्लो आक्रमण भने फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोाले विभिन्न पााच देशका प्रमुखसाग भेटको तालिका तय गरेपछि भएको हो । आगामी साता फ्रान्सको दक्षिणपश्चिमी क्षेत्रमा हुने त्यस भेटमा नाइजेरियाली राष्ट्रपति पनि सामेल हुने कार्यक्रम थियो ।
सहेल क्षेत्रमा सुरक्षा अवस्था लगायत विषयमा बैठक हुने बताइएको थियो । पछिल्लो समय माली र यसका छिमेकी नाइजर र बुर्किना फासोमा पनि द्वन्द्व तिब्र गतिमा बढेको छ । स्थानीय फौजलाई सघाउन भन्दै ४ हजार ५ सय फ्रेन्च सुरक्षाफौज तैनाथ भए पनि आक्रमण बढिरहेको अन्तर्रा्ष्टि्रय मिडियाले जनाएका छन् ।















प्रतिक्रिया