
रुकुम, २५ मंसिर । राज्यले जेष्ठ नागरिकहरुलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता रुकुममा प्रभावकारी देखिएको छ । राज्यले सामाजिक सुरक्षा भत्ता बापत जेष्ठ नागरिक, अपांगता, दलित, एकल महिला, अल्पसंख्यक लगायतलाई दिईएको मासिक भत्ता प्रभावकारी भएको हो ।
मासिक रुपमा आउने भत्ताले लक्षित वर्गले सही रुपमा प्रयोग गरेको पाईएको छ । यहाँका जेष्ठ नागरिकहरुले आफुले पाएको भत्ता बाट औषधि उपचार, लुगाफाटो , पकेट खर्छ, यातायात खर्च, फोन खर्च, नास्ता खर्च , लगायत दैनिक सुरक्षाका क्षेत्रमा लगानी गर्न थालेका हुन् ।
कतिपय जेष्ठ सदस्यहरुले भत्ताको रकमले आफूलाई प्रयोग गर्ने मोबाईल फोन, जुता चप्पल, स्विटर र टोपी समेत किनेर लगाएका छन् । गाउँघरमा धेरै खर्च पनि नआउने र सबै घरमा उत्पादन भएका सामान उपयोग गर्ने भएकोले पैसाले ठुलो काम र हौसला दिएको मुसिकोट न पा १ का जेष्ठ सदस्य नदिराम खत्रीले बताए ।
यसरी राज्यले सामाजिक सुरक्षा बापत भत्ता उपलव्ध गराउँदा आफूहरुको मनोबल र राज्य पनि नागरिक मैत्री भएको आफूलाई लागेको रुकुम आठबिसकोट १३ कि ७६ वर्षीया पदमा थापाले बताइन् । आफूले पाएको भत्ताले नै मोबाइल किनेर प्रयोगमा ल्याएको बताइन् । दुई महिनाको भत्ताले मोबाइल किनेको थापाले बताइन् ।
यहाँका जेष्ठ सदस्यहरुले अहिले मासिक तीन हजारका दरले भत्ता पाईरहेका छन् । भत्ता आउन थालेपछि घरका अन्य सदस्यसङग भर नपरेको जेष्ठ सदस्यहरुको भनाई छ ।
पदमा थापा र नदिराम खत्री मात्र होईन अहिले रुकुमका अधिकांश लक्षित वर्गहरुले भत्तालाई सही सदुपयोगमा ल्याएका छन् । त्यस्तै जेष्ठ सदस्यहरुको उपचार र यातायातमा आधा छुट दिने कुराको पूर्ण कार्यन्वयन हुनुपर्ने रुकुमका जेष्ठ नागरिकहरुको माग रहेको छ ।















प्रतिक्रिया