३० आश्विन २०८३, शुक्रबार

जेष्ठ नागरिकको निम्ती स्वास्थ्य परीक्षण सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी,२५ मंसिर । इटहरी उपमहानगर वडा नम्वर ६ ले जेष्ठ नागरिकका लागि गरेको स्वास्थ्यशिविरमा १ सय १० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

जेष्ठ नागरिकको लागि छाला, कपाल, यौनरोग र कुष्ठरोग परीक्षण शिविर गरिएको वडाध्यक्ष दीपक गौतमले बताए । स्वरा स्किन एण्ड हेयर क्लिनिकका डा मनोज चौधरीले स्वास्थ्य परीक्षण गरे । विरामीलाई उपलब्ध औषधी निशूल्क वितरण गरिएको छ ।

धेरैजसोमा छाला चिलाउने इग्जिमाको समस्या देखिएको डा चौधरीले बताए । डा चौधरीका अनुसार दाद, पोतो, चायाँ र नङ्गको समस्या हुने पनि धेरै जनाको परीक्षण गरिएको छ ।