
काठमाडौँ, २४ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियरहरुलाई रंगेहात पक्राउ गरेको छ । कार्यालयका सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र ध्रुव श्रेष्ठलाई २० लाख घुस रकमसहित पक्राउ गरिएको हो ।
मंगलबार साँझ उनीहरूलाई काठमाडौं बानेश्वरको एक क्याफेबाट घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुको साथबाट १०१० लाख बरामद गरिएको अख्तियार स्रोतले जनायो ।
उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।















प्रतिक्रिया