२८ आश्विन २०८३, बुधबार

अश्लील भिडियो बनाएर युवतीको ६ महिनासम्म बलात्कार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-crime-54701efc3b79d_exlstकाठमाडौं । मानवका रुपहरु पछिल्लो समय फेरिन थालेका छन् । युवतीको सामुहिक बलात्कार, भिडियो बनाएर बलात्कार, श्रीमानले श्रीमतीलाई अर्काैसंग यौनसम्पर्क गर्न लगाउने लगायतका अपाराधिक घटनाहरु हिंसाहरु बढ्न थालेका छन् ।

एउटा यस्तो घटना सार्वजनिक भएको एक युवतीले आफ्नै सहकर्मी साथीलाई माया जालमा फसाएर ६ महिनासम्म लगातार बलात्कार गरेका छन् । उच्च शिक्षा अध्ययन एउटै कक्षा गर्दै यो जोडीमा विश्वासको संकटले यस्तो भएको हो ।

कलेजको होस्टेलमा बस्दै आएकी सहकर्मी साथीलाई मायाको जालमा पारेर ती युवकले होस्टेलमै यौनसम्बन्ध राखेका थिए । उक्त यौनसम्बन्धको ती युवकले अश्लिल भिडियो समेत बनाएका थिए । भिडियो बनाएर उनले युवतीको लगातार बलात्कार गरेका हुन् ।

२० वर्षिय युवतीलाई यौनसम्पर्क गर्न नदिए अश्लिल भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै ६ महिनासम्म लगातार बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

ती युवकले युवतीको विश्वास जित्न विहे गर्ने आश्वासन पनि दिएका थिए । प्रहरीका अनुसार ती युवती कलेज सकिएपछि घर फर्किदा यो घटना सार्वजनिक भएको हो । घरमा बलात्कारको सम्झनाले ती युवती डिप्रेशन सिकार भएपछि परिवारलाई उनले सबै कुरा खुलाएकी थिईन् ।

उनले रुँदै आफ्ना पीडा परिवारसंग पोखेकी थिईन् । घटना बारे परिवारले थाहा पाएपछि ती युवक विरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको छ । प्रहरीले ती युवकको खोजी गरिरहेको छ । यो घटना भारतको उत्तरप्रदेश राज्यको हो । एजेन्सीको सहयोगमा