
काठमाडौं, २४ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा नेपालले दोश्रो गोल गर्दै फेरी अग्रता कायम गरेको छ । ५३ औँ मिनेटमा सुनिल बलले हेड मार्फत नेपाललाई अग्रता दिलाएका हुन् ।
खेलको १७ औं मिनेटको सुरुमै नेपालका अभिषेक रिजालले भुटानमाथि पहिलो गोल गरेका थिए।
खेलकाे ३८ औं मिनेटमा भुटानका खेलाडीले गाेल गर्दै बराबरी गरेका हुन् । भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै बराबरी गरेका थिए ।
दशरथ रंगशालामा मंगलबार दिउँसो ३ बजे सुरु भएको फाइनल भिडन्तको १७ औं मिनेटमा नेपालले अग्रता लिएको थियाे ।
आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोलले हराउँदै नेपालले भुटानसँगको भिडन्त तय गरेको थियो।















प्रतिक्रिया