
काठमाडौं, २४ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा नेपालले पहिलो गोल गरेको छ। खेलको १७ औं मिनेटको सुरुमै नेपालका अभिषेक रिजालले भुटानमाथि पहिलो गोल गरेका हुन्।
दशरथ रंगशालामा मंगलबार दिउँसो ३ बजे सुरु भएको फाइनल भिडन्तको १७ औं मिनेटमा नेपालले अग्रता लिएको हो। अभिषेकको यो तेस्रो गोल हो।
आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोलले हराउँदै नेपालले भुटानसँगको भिडन्त तय गरेको थियो।















प्रतिक्रिया