
काठमाडौं, २४ । १३ औं दक्षिण एसीयाली खेलकुद (साग) अन्तर्गतको पुरुष तर्फको फूटबलको फाइनल खेलमा मंगलबार आयोजक नेपाल र भुटान भिड्दैछन् ।
दशरथ रंगशालामा मध्यान्न ३ बजे हुने फाइनल खेललाई नेपालले इतिहास दोहोर्याउने लक्ष्य राखेको छ भने भुटान इतिहास रच्ने होडमा छ । सागमा भुटान फाइनलमा पुगेको पहिलो पटक हो । भुटानको खेल यसपटक उत्कृष्ट देखिँदै आएको छ ।
अंकका आधारमा फाइनलका प्रतिष्पर्धी तयार हुँदा भुटान एक पराजयसहित सबै खेल जितेर इतिहास रच्ने होडमा छ भने नेपाल एक बराबरीसहित सबै खेल जितेर इतिहास दोहोर्याउने लयमा उभिएको छ ।
घरेलु मैदानमा भुटानसँग यसअघि भएको भिडन्तमा नेपालले ४–० को जित निकालेको थियो । तर, फाइनल खेलमा उसले भुटानलाई दबाबमा राख्न कठिन हुनसक्ने छ । इतिहास नै रच्ने योजनामा रहेको भुटानले माल्दिभ्स, श्रीलंका, बंगलादेशसँग जित निकालेको थियो । नेपालले अन्य मुलुकसँग जीत निकाले पनि श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो ।















प्रतिक्रिया