२९ आश्विन २०८३, बिहिबार

व्यावसायसँगै समाजसेवामा रमाउने संगम स्वीट सञ्चालक विमल

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

दमक । विश्वविख्यात प्रशिक्षक शिव खेडाको भनाइ छ ‘मान्छेले सफलता देख्छ तर संघर्ष देख्दैन ।’ यो भनाइमा धेरै यथार्थ लुकेको छ । किनकी मानिसले वास्तवमै अरुको सफलताको मात्रै गुणगान गाइरहेको हुन्छ । तर त्यस भित्रको संघर्षको कथा हामीले कल्पना गरेभन्दा पनि फरक हुन सक्छ ।

त्यस्तै, एक सफल जीवनको निम्ति कसै न कसैको साथ सहयोग तथा प्रेरणाको आवश्यक हुन्छ । कसैको त्यही अटुट साथले नै कतिको जीवन रुपान्तरण भइरहेको हुन्छ । हामीले अक्सर सुन्ने गरेको सत्यता चाँहि हरेक सफल पुरुषको पछाडी कोही महिलाको हात हुन्छ तर कसैको पछाडी आफ्नो दाजुभाइ वा मित्रको साथ रहेको हुन सक्छ ।

त्यस्तै एक सफल व्यवसायी विमल शर्मा जसलाई आफ्नो दाजुको प्रेरणाले सफल हुन ऊर्जा मिल्यो । आफ्नै दाजु संगम शर्माको प्रेरणा, हौसला र सहयोगले झापाको दमकमा संगम स्वीट सञ्चालनमा ल्याउने सफल व्यवसायी हुन् विमल शर्मा ।

दुई दशकअघि पहिलो पटक दमकमा ५ लाख लगानीमा व्यवसाय सुरुवात गर्दा संगम स्वीट चल्छ भनेर सुरुमा कसैले पनि नपत्याएको भन्छन् उनी । तर, बिस्तारै लोकप्रियता कमाउँदै गएको संगम स्वीटले अहिले राष्ट्रिय ब्राण्ड बनाउन सफल भएको छ ।

राजधानी बाहिर दमक, विर्तामोड, उर्लाबारीमा विगतदेखि नै सञ्चालनमा छन् ।

करिब २४ वर्षअघि दाइ संगमले संगम स्वीटको सुरुवात गर्दा भाइ विमल आसममा पढ्दै थिए । पछि दाइले बोलाएपछि दमकमै पढ्दै पसलमा काम सघाउन थाले । विमल भन्छन्, ‘पसल दमकमा स्थापित हुन दाइ संगमको अथक मेहनत छ ।’

त्यतिबेला दमकमा खुल्ला ठाउँमा मिठाई बेचिने कुरा सम्झिँदै विमल भन्छन्, ‘दमकमा शोकेसभित्र मिठाइ राखेर बेच्ने पहिलो पसल हो संगम स्वीट’ । ५ लाख रुपैयाँ लगानी गरेर होटल चलाएका शर्मा दाजुभाइ सबै शाखाको हिसाब किताब गरेर नयाँ योजना बनाउने बताउँछन् ।

निकै राम्ररी फस्टाएको संगम स्वीट हाल दमक बाहेक अन्य बिर्तामोड, उर्लाबारीमा शाखा सञ्चालनमा छन् । काठमाडौँमा मात्रै यसका २ वटा शाखाहरु चलिरहेका छन् ।

संगम स्वीटको मुख्य विशेषता भनेकै शाकाहारी परिकार हो । साउथ इण्डियन, नर्थ इण्डियन, चाइनीज कन्टिनेन्टल, स्वीट्स, कोलड्रीङ्स कुनै पनि ग्राहकले स्वीट्समा आफुले चाहेअनुसारको शुद्ध शाकाहारी भेजिटेरीयन परिकार खान सक्छन् ।

दमकमा मात्र अहिले ७० जना कामदार र स्टाफ रहेको बताउँदै शर्मा भन्छन्, ‘संगम स्वीटबाट ३ सय जनाले रोजगारी पाएका छन् ।’

व्यवसायबाट कतिको सन्तुष्टि मिलेको छ त ? भन्ने प्रश्नमा विमल भन्छन्, ‘हामी जुन क्षेत्रमा काम गर्छौ, आत्मालाई सन्तुष्टी भएरै गर्नुपर्छ । त्यहाँभित्रै रमाउन सक्नुपर्छ, नियमित काम गरे सफलता मिल्छ ।’

विमलको आफ्नो शोख भनेको समाजसेवा पनि हो । उनी आफूलाई आफ्नो व्यवसायसँगै समाजसेवालाई पनि सँगै लानुपर्छ भन्ने मनसायको मान्छे भएको बताउँछन् ।

आफू व्यावसायसँगै समाजसेवामा रमाउने व्यक्ति भएको व्यक्त गर्छन् । हाल दमक इष्टन लायन्सको प्रिसिडेण्ट रहेका विमल सामाजिक काममा जेसिजबाट प्रेरणा पाएर समाजसेवामा अग्रसर भएको जनाउँछन् ।

त्यस्तै, पहिलो पाइला नेपाल दमकको सल्लाहकार र जीवनचक्र समाज नेपालमा आवद्ध शर्मा रेडक्रस दमक शाखाको सह कोषाध्यक्षको जिम्मेवारी समेत सम्हालिरहेका छन् ।