३० आश्विन २०८३, शुक्रबार

बिग मर्जरपछि विदेशमा शाखा खोल्ने नेपाली बैँकको योजना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सिड्नी, २३ मंसिर । नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमइ ब्यांकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानी कर्तालाई आफ्नो बैँक उपयुक्त सहजकर्ता हुन सक्ने बताए ।

उनले गैर आवासीय नेपालीहरुको समेत लगानी निर्माण हुदै गरेको दोर्दी जलाविद्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए । उनले हाल अस्ट्रेलिया लगायत भारत, बेलायेत, मलेसिया र जापान मा सम्पर्क कार्यालय रहेको आफ्नो बैँकको अस्ट्रेलिया मा शाखा खोल्ने तयारी सुरु भएको पनि बताए ।

नेपालमा प्रदेशहरु र स्थानीय सरकारहरुबीच विकासमा प्रतिस्पर्धा पनि सुरु भएकाले लगानीका सम्भावनाहरु झन् बढेर गएको उनले बताए । आफ्नो समुह ले चन्द्रागिरि केवल कार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो ।

अन्तरक्रियामा गैर आवाशीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष मन के सी ले आफ्नो सस्था दश अर्ब बराबरको गैर आवाशीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । उक्त कोष निर्माण संगै नेपालमा गैर आवासीय नेपालीहरुको ठुलो तथा संयुक्त लगानी सुरु हुने बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गर आवाशीय नेपालीहरुमा लगानीको आत्माविश्वास अझै पैदा नभएको बताए ।

नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाँबाट पुजी लगानी गर्न पाइने वातावरण बनेमा गैर आवासीय नेपाली लगाएत वैदेशिक पुजी नेपालमा भित्रन सक्ने उनले बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैरआवासीय नेपालीहरुले ठुलो मात्रामा संयुक्त पुँजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफुलाई विश्वास भएको भन्दै आफूहरुले पुजी संकलनमै जोड दिनु पर्ने बताए । कार्यक्रममा सिड्नीमा क्रियाशील दुइ दर्जन ब्यबशायि तथा गैर आवासीय नेपाली अगुवा हरु उपस्थित थिए ।