३० आश्विन २०८३, शुक्रबार

प्रभु बैँक र गोर्खा सत्याग्रह समितिबीच प्रभु स्पेशल सेभिङ्ग खाता सञ्चालन सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ मंसिर । ललितपुरको ललिपतुर महानगरपालिका वडा नं. १४ मानभवनस्थित गोर्खा सत्याग्रह समिति नेपाल र प्रभु बैंक लिबीच एक सम्झौता भएको छ । ब्रिटिस सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपूर्व सैनिकहरुको प्रभु स्पेशल सेभिङ्ग खाता सञ्चालन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

गोर्खा सत्याग्रह समिति, नेपालका तर्पmबाट अध्यक्ष कृष्ण बहादुर राई र प्रभु बैंक लिका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सोमबार एक समारोहकाबीच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

गोर्खा सत्याग्रह समिति नेपाल खासगरी ब्रिटिश सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व गोर्खा सैनिकहरुको हितमा क्रियाशील रहेको गैरसरकारी संस्था भएकोले गोर्खा सत्याग्रह समिति नेपालले प्रभु बैंक लिमिटेडको कमलादी शाखा कार्यालयमा आप्नो नाममा खाता खोली कारोबार गर्ने छ ।

गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले पनि प्रभु बैंक लिमिटेडको जुनसुकै शाखा कार्यालयबाट प्रभु स्पेशल सेभिङ्ग खाता खोल्न सक्ने व्यवस्था मिलाईएको छ ।

गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले प्रभु बैंकमा प्रभु स्पेशल सेभिङ्ग खाता खोली ब्रिटिश सरकारबाट प्राप्त गर्ने पेन्सन रकम सिधै प्रभु बैंकमा रहेको सम्बन्धित खाताधनीको खातामा जम्मा हुने व्यवस्था मिलाईनेछ ।

प्रभु स्पेशल सेभिङ्ग खाता खोल्ने ब्रिटिश सैनिक सेवामा कार्यरत तथा भुतपुर्व ब्रिटिस गोर्खा सैनिकहरुले शुन्य मौज्दातमा यो खाता खोल्न सक्नेछन् । हालको लागि वार्षिक ६.५ प्रतिशत ब्याज प्रदान गरिने उक्त खातामा बैंकको नियमानुसार ब्याजदर परिवर्तन हुन सक्नेछ ।

युपिआई कार्डको सेवा शुल्क (पहिलो वर्षको लागि मात्र) चेकबुक, एबिबिएस शुल्क, ब्यालेन्स सर्टिफिकेट, गुडफर पेमेण्ट शुल्क, बैंक स्टेटमेण्ट, चेक स्टप शुल्क तथा अनलाईन बैंकिङ्ग दर्ता गर्दा लाग्ने सेवा शुल्क निःशुल्क प्राप्त हुनेछ ।

यो सम्झौता बमोजिम खाता खोल्ने ब्रिटिश सैनिकमा कार्यरत सैनिक तथा भुतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुले लकर सेवा बापत लाग्ने शुल्क, ड्राफ्ट, ट्राभल कार्ड तथा मोबाईल बैंकिङ्ग उपभोग गरे बापत लाग्ने सेवा शुल्कमा ५०% छुट समेत प्राप्त गर्नेछन् ।

साथै, स्पेशल प्रभु सेभिङ्ग खातामा सम्बन्धित सैनिकको पहिलो पटक पेन्सन जम्मा हुनासाथ सम्बन्धित सैनिकको ६ महिनाको पेन्सन रकम बराबर वा ५ लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो रकमसम्म व्यक्तिगत कर्जा शीर्षक अन्तर्गत विना धितो कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था समेत रहेको छ ।

यसबाट ब्रिटिश सरकारको सैनिक सेवाका कार्यरत तथा भुतपुर्व ब्रिटिश सैनिकहरुलाई विशेष सुविधा उपलब्ध हुने भएकोले अधिकतम् ब्रिटिश सैनिक तथा भुतपुर्व सैनिकहरुले प्रभु बैंककमा प्रभु स्पेशल सेभिङ्ग खाता खोली लाभ उठाउनु हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।