३० आश्विन २०८३, शुक्रबार

टिमकाे हारसँगै प्रशिक्षक हरि खड्काले दिए राजीनामा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २३ मंसिर । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । १३ औँ सागअन्तर्गत पोखरामा भएको महिला फुटबल टिमले स्वर्ण दिलाउन नसकेपछि खड्काले राजीनामा दिएका हुन् ।

पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाली फुटबल टिम भारतसँग २–० ले पराजित भएको थियो ।

पोखरामा भएको फाइनल हारसँगै नेपालले तेस्रो पटक रजतमा चित्त बुझाउनु परेको छ । खड्काले स्वर्णको मिसन भएको र प्राप्त हुन नसक्दा नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।