
काठमाडौँ, २३ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला फुटबलमा नेपाल फेरि पनि रजतपदकमै सीमित भएको छ ।
सोमबार पोखरा रंगशालामा स्वर्णपदकका लागि भएको फाइनलमा भारतसित २–० ले पराजित हुँदै नेपाल लगातार तेस्रोपटक रजतमै सीमित भएको हो ।
भारतका लागि दुवै गोल बालादेवीले गरिन् । नेपालले खेलमा फर्कने प्रयास गरे पनि सफल भएन । नेपाल लगातार तेस्रोपटक फाइनलमा भारतसागै पराजित भएको हो ।
यसैबिच, नेपाली टोली पराजित भएपछि प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् । खड्काले हारको सम्पूर्ण जिम्मेवारी लिँदै राजीनामा दिएको बताएका हुन् ।
यसैबीच, दुई खेलाडीले पनि अन्र्तराष्ट्रिय खेलबाट सन्यास लिएका छन् । कप्तान एवं फरवार्ड खेलाडी निरु थापा र डिफेन्डर मनमाया लिम्बूले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।















प्रतिक्रिया