मलेसिया, १८ फागुन । गैर आवासीय नेपाली संघ एनआरएनको भवन निर्माणका लागि सहयोग जुटाउने क्रममा एकैदिनमा ६२ लाख ४० हजार रुपियाँ जुटेको छ ।
एनआरएनमा आबद्ध मलेसियाका व्यवसायीहरुबाट चालिएको अभियानका क्रममा सो रकम संकलन भएको हो । नेपालमा एनआरएनको आफ्नै निजी भवन निर्माणका लागि मलेसियामा रहेका नेपालीले सहयोगको सुरुवात गरेका हुन् ।
मलेसियाको राजधानी क्वालालम्पुरमा शनिवार भएको कार्यक्रममा नेपाली व्यवसायीहरुले रकम सहयोग गरका हुन् । कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घलेको पनि उपस्थिति थियो ।
भवन निर्माणका लागि ६२ लाख ३९ हजार ७ सय ५६ रुपियाँ सहयोग रकम केही समयमा एनआरएन मलेसिया शाखामार्फत नेपालमा पठाइने छ ।
एनआरएनको विशेष कार्यक्रममा आर्थिक सहयोगको गर्ने सबैलाई एनआरएनका अध्यक्ष घलेले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । आफ्नै निजी भवन निर्माणका लागि काठमाडौंको बालुवाटारमा एनआरएनले दुई रोपनी जग्गा किनेको छ ।
नेपालमा आफ्नो विश्वभर रहेका गैर आवासीय नेपालीबाट सहयोग उठाएर भवन निर्माण गरिने एनआरएनएका अध्यक्ष घलेले कार्यक्रममा जनाकारी गराउनुभयो ।
रकम सहयोग गर्ने नेपाली
देवी भट्टचन्द – सात लाख रुपियाँ
हेमराज भट्टराई – सात लाख रुपियाँ
हरि भट्टराई – पाँच लाख पाँच हजार पाँच सय रुपियाँ
खगेन्द्र न्यौपाने – पाँच लाख एक हजार एक सय रुपियाँ
डेबिट श्रेष्ठ – तीन लाख ५० हजार रुपियाँ
इन्द्र लिम्बु र राजन सुब्बा – तीन लाख रुपियाँ
योगेन्द्र कुवँर – दुई लाख ५० हजार रुपियाँ
मेहेन्द्र साही – दुई लाख पाँच हजार पाँच सय ५० रुपियाँ
हाब्रेष्ट मुन ट्राभल्स – दुई लाख २२ हजार दुई सय रुपियाँ
नीरव गैली – एक लाख ५० हजार एक सय रुपियाँ
शान्ति थापा – एक लाख ५० हजार रुपियाँ
माधव श्रेष्ठ – एक लाख ५० हजार रुपियाँ
इश्वर श्रेष्ठ – एक लाख ५५ हजार ५ सय ५५ रुपियाँ
मनोज कुमार महतो – एक लाख ५० हजार रुपियाँ
विश्व राई – एक लाख ११ हजार एक सय रुपियाँ
सुभद्रा लिङ्देन – एक लाख पाँच हजार पाँच सय रुपियाँ
रमेश तिवारी – एक लाख एक सय ५१ रुपियाँ
शिव थापा – एक लाख एक हजार एक सय रुपियाँ
खगेन्द्र प्रसाद भट्टराइ – ५१ हजार रुपियाँ
विनोद पाण्डे – ५१ हजार रुपियाँ
इन्द्र गुरुङ – ३० हजार रुपियाँ
















प्रतिक्रिया