१ कार्तिक २०८३, आइतबार

न्यूजील्यान्डमा ज्वालामुखी विष्फोट, १ जनाको मृत्यु, दर्जनौं सम्पर्कविहीन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २३ मंसिर ।  न्यूजील्यान्डमा ज्वालामुखी विस्फोट भएको छ। विष्फोटमा १ जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस सम्पर्कविहीन भएका छन्।

देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आइल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो। स्थानीय समयानुसार दिउँसो २  बजे विस्फोट भएको थियो। घाइतेहरूको शरीर पोलेको छ।

न्यूजील्यान्डको क्रूज असोसिएसनका अनुसार एउटा पर्यटक बोकेको डुंगा पनि प्रभावित भएको छ। उद्धारकार्यका लागि नजिकैको ह्वकाताने नगरमा उद्धारकर्मी परिचालित गरिएको छ।

विस्फोट भएको समयमा उक्त ह्वाइट आइल्यान्डमा दर्जनौं मानिस रहेको बताइएको छ।सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो। प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो घटनालाई निकै ठूलो भनेकी छन्।उद्धार निकायले वरपरको क्षेत्र जोखिमपूर्ण भएको जनाएको छ।