
काठमाडाैं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ। सोमबार बिहान भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गरी नेपालले कास्य पदक जितेको हो।
मालिल्दभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। ब्याटिङमा उत्रिएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो।
नेपालको जितका लागि आरिफ शेखले सर्वा्धिक ३२, कप्तान ज्ञानेन्द्र मल्लले २२, बिनोद भण्डारीले १२, रोहितकुमार पौडेल १५ रन, पवन सरार्फले १० रन पारस खड्काले ३ रन र दिपेन्द्रसिंह ऐरीले २ रन बनाए।
खेलमा उमर एडमले नेपालको ३ विकेट लिए। पहिले ब्याटिङ गरेको माल्दिभ्सले नेपालका बलरसामु संघर्ष गर्दै सम्मानजनक स्कोर बनाएका थिए। माल्दिभ्सका लागि १० औं नम्बरमा क्रिजमा आएका लीम शाफेजले सर्वा्धिक १९ रन बनाए। उनले ११ बलमा २ चौका र १ छक्का पहरी गरी नट आउट रहे।
मोहमद रिशवानले १७, कप्तान मोहमद महफुजले १६ रन जोडे। नेपलाको तुलनामा निकै कमजोर मानिएको माल्दिभ्सले राम्रो सुरवात गरेको थियो। ४.३ ओभरमा २२ रन बनाउँदा पहिलो विेकट गुमाएको थियो। त्यसपछि थप १४ रन जोड्दा ६ विकेट गुमाई ओभरमा ८.२ ओभरमा ३६-६ को अवस्थामा पुगेको थियो।















प्रतिक्रिया