३० आश्विन २०८३, शुक्रबार

टाटा मोटर्सको थ्रीएस वर्कशप हेटौँडामा उद्घाटन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २२ मंसिर । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले हेटौँडाको बसामाडीमा थ्रीएस वर्कशप संचालनमा ल्याएको छ ।

सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा. तथा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वाग्ले संयुक्त रूपमा सो वर्कशपको समुद्घाटन गरेका थिए ।

उक्त समुद्घाटन समारोहमा टाटा मोटर्सको कमर्सियल भेइकल अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी कम्पनीजका प्रमुख कार्यसंचालन अधिकृत राजेश प्रसाद गिरी, सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलियाका साथै सिप्रदीका कर्मचारीहरू र ग्राहकहरूको पनि उपस्थिति थियो ।

उक्त कार्यक्रममा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले टाटा मोटर्सले बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) लाई ठूलो प्राथमिकता दिने जनाउँदै सर्भिस सेन्टर संजाल थप बिस्तार गरिएको प्रति खुशी व्यक्त गरे । उनले अटोमोबाइल इन्डष्ट्रीजको भविष्य भनेको नै ग्राहकको खुसी भएकोप्रति जोड दिए ।

सोही समारोहमा बोल्दै सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले निरन्तर सहयोगका लागि ग्राहकहरू, कर्मचारीहरू तथा टाटा मोटर्स लिमिटेड प्रति आभार व्यक्त गरे ।