३० आश्विन २०८३, शुक्रबार

लुकाई राखेको कपडा र मेडिसिन बरामद

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


नवलपरासी, २२ मंसिर । नवलपरासीमा लुकाई राखेको १५ बोरा ट्रयाक सुट र १० कार्टुन मेडिसिन शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

सुनवल नगरपालिका १२ भुमहीस्थित महेन्द्र राजमार्गबाट ना.८ ख १२०३ नम्बरको यात्रुबाहक बसको छतमा फल्सबटम उक्त कपडा र मेडिसिन लुकाइएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भारतको दिल्लीबाट नारायणगढतर्फ जाँदै गरेको उक्त नम्बरको बस जाँच गर्ने क्रममा उक्त सामान बरामद भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।