१४ कार्तिक २०८३, शनिबार

खेर गएको वस्तुबाट गणित सिकाई

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २२ मंसिर । आधारभुत मावि दाङ तुल्सीपुर खौसापुरकी जमुना केसीले गणित विषय अध्यापन गराउँछिन् । विद्यार्थीले सबैभन्दा जटिल मान्ने भएकाले पनि उनलाई अन्य शिक्षक भन्दा वढि दवाव महसुस हुन्छ । आशातित नतिजा नआउने भएकाले अभिभावकले पनि उनलाई वढि चासो दिइरहन्छन् ।

“गणित विषयमा विद्यार्थीहरुलाई अवधारणा वुझाउन निकै गाह्रो थियो ” तुलसीपुरको एक तालिम केन्द्रमा भेटिएकी उनले भनिन् । वास्तवमा शैक्षिक सामग्रीको प्रयोग गरेर अध्यापन गराउँदा विद्यार्थीलाई ग्रहण गर्न सजिलो हुँदोरहेछ । तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले विद्यार्थीहरुलाई प्रयोगात्मक तरिकाले विद्यार्थीमा गणितको अवधारणा कसरी वसाउन सकिन्छ भन्ने वारेमा तालिमको आयोजना गरेको छ ।

उपमहानगरपालिका भित्रका ५ वटा विद्यालयलाई नमुनाका रुपमा लिएर यसरी तालिम दिइएको हो । टिचफर नेपालको सहयोगमा भएको तालिममा शिक्षकहरुलाई विभिन्न स्थानीय वस्तुबाट गणितक। शैक्षिक सामग्री समेत वनाउन सिकाइएको छ । “कक्षामा पहिले मार्कर मात्रै लिएर जान्थ्यौ अव शैक्षिक सामग्री पनि लिएर जानेछौ” मावि दोघरेकी रिता शर्माले वताइन् । उनले विद्यार्थीहरुलाई नै परिचालन गरेर शैक्षिक सामग्री निर्माण गरिने समेत वताइन् ।

विद्यालय र घर वरपर पाइने वस्तुबाट शैक्षिक सामग्री कसरी वनाउने भन्ने वारेमा २ दिनसम्म ५ विद्यालयका २५ शिक्षकहरुलाई सिकाइएको सहजकर्ता रतन देवकोटाले वताए । उनले वालवालिकालाई सामान्य तरिकाले सिकाउने मात्रै भन्दा पनि त्यसको अवधारणा समेत वसाल्नका लागि शैक्षिक सामग्रीले विशेष भुमिका वहन गर्ने कुरामा जोड दिए ।

“चित्र वनाएर हुन्छ याा सामग्री प्रयोग गरेर हुन्छ जसरी भएपनि गणितलाई रोचक वनाउन सकिन्छ” देवकोटाले भने । मावि कालाखोलाका शिक्षक यज्ञ रिजाल कक्षामा लेखेर र वोलेर मात्रै भन्दा पनि कक्षाभन्दा वाहिर लगेर गणितको अवधारणा वसाउन सकिने वताए । “विद्यार्थीलाई काठका छेस्काबाट विभिन्न आकार वनाउन लगायो भने त्यसरी पढेको वढि ग्रहण गर्छन् ” उनले भने । ढुङगाहरु संकलन गरेर त्यसैका आधारमा जोड, घटाउा, गुणा भाग सिकाउादा विद्यार्थीहरुले सहजै वुझ्ने पनि उनको भनाई थियो । कक्षाकोठामा मात्रै अध्यापन गराउादा विद्यार्थीहरुले खासै रुचि नलिने गरेको वताउादै शिक्षक रिजालले कक्षा कोठाभन्दा वाहिरबाट विद्यार्थीहरुलाई प्रभावकारी ढङगले सिकाउन सकिने वताए ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा समिति संयोजक देवराज विकले विद्यार्थीहरुलाई निस्क्रिय पारेर प्रभावकारी शिक्षण प्रभावकारी नहुने वताए । “विद्यार्थी र शिक्षक सागसागै जाने हो भने मात्रै विद्यार्थीले विषयवस्तुलाई ग्रहण गर्न सक्छ” संयोजक विकले वताए । शिक्षकले आफुलाई र समाजलाई वदल्न सक्यो भने मात्रै शिक्षाको अर्थ हुने उनको भनाई थियो ।