१ कार्तिक २०८३, आइतबार

दिल्लीको अन्न भण्डारमा आगलागी, ४३ जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २२ मंसिर ।  भारतको राजधानी दिल्लीमा रहेको एउटा अन्न बजारमा आगलागि हुँदा ४३ जनाभन्दा धेरैको ज्यान गएको छ ।

दिल्लीको रानी झाासी रोडमा रहेको अन्न बजारमा बिहान आगलागी हुँदा ४३ जना भन्दा धेरैको ज्यान गएको अन्तर्रा्ष्टि्रय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दर्जनौँ कामदार सुतिरहेका बेला आगलागी भएको थियो । आगो लागेको केही समयमा नै दमकल पुगेको भए पनि आगो नियन्त्रणमा लिन कठिनाइ हुादा धेरैको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ ।

आगलागीमा परेर १५ जनाभन्दा बढी गम्भीर घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनास्थलमा अहिले पनि उद्दारको काम भइरहेको छ ।

दिल्लीको एलएनजेपी अस्पतालमा पुर्‍याइएका ४९ मध्ये ३४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । बाँकी १५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।