२९ आश्विन २०८३, बिहिबार

संत कबीर को हुन् ? कबीर पंथी धर्म के हो ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किरण गिरी

१७ जुन लाई “कबीर प्रकट दिवस” कबीरको जन्म जयन्ती मनाइन्छ । आजभन्दा ६२१ वर्ष पहिला बि.सं. १४५५ तथा १७ जुन सन १३९८ जेस्ठ पूर्णिमाको दिन सत गुरु कबीर साहेब स्वयं पूर्ण ब्रम्ह सत पुरुष परम अक्षर ब्रम्ह प्रकट हुनु भएको थियो ।

त्यसो त चारै युगमा परम अक्षर ब्रह्म अबिनासी भगवानको अबतार भइरहेको छ । सत्य युगमा सतसुकृतको नाममा, त्रेता युगमा मुनिन्द्रको नाममा, द्वापर युगमा करुणामयको नाममा भगवानको अबतार भयो भने हाल कलियुगमा यश धर्तिमा वास्तविक कबिर्देब कबीर नाममा परमात्माको अबतार भैरहेको छ ।

सोही स्मरण र सम्मानमा विश्वभरि ३ करोडभन्दा बढी र नेपालमा करीब तीन लाख जति भक्तआत्मा मानवहरूले कबीर प्रकट दिवस मनाइन्छ ।

त्यसैले बुध्द पूर्णिमापछिको पूर्णिमा लाई कबीर प्रकट दिवसको रुपमा मनाउँदै आइएको छ । सतलोक आश्रम, हिसार -टोहाना रोड, बरवाला र हिसार हरियाणा भारतमा भब्य रुपमा मनाइन्छ । नेपालबाट पनि हजारौ कबीर उपासक सहभागी हुने कुरा पूर्णब्रम्ह कबीर उपासक समाज नेपाल जानकारी गराउँदछ ।

सन १३९८ जुन १७ तारीख जेष्ठ पूर्णिमाका दिन लहर तारा तलाव काशी बनारसमा एउटा कमलको फूलमा ब्रम्हमूर्तमा एक नवजात शिशु प्रकट भयो । स्नानको लागि आएका निरु निमा नामक एक दम्पतीले सो बालक फेला पारे । तिनै बालक थिए सत गुरु तत्वदर्शी परमेस्वर कबीर साहेब ।

तिनै कबीरको निरंतरता हो 

संत गरिब दास जी महाराज, स्वमी रामदेवानन्द जी महाराज र हाल आएर तत्वदर्शी संत रामपाल जी ।

संत कबीर अभुतपूर्व प्रतिभा थिए । उनले मानवजातीमा रहेको संकिणता र अन्धबिस्वास पुर्ण सोच हटाउन ठूलो प्रयास गरेका थिए । कबीरको यो प्रयास आजीवन जारी रह्यो । हिन्दु र मुस्लिम धर्मको परस्पर प्रवृत्तिमाथी निर्मम प्रहार गर्दै उनले मानवता लाओ महत्व दिए । उनले समाजलाई जाति बिभेद पाशविक उत्पीडन प्रति समाज सजग बनाए । विभिन्न तर्कजालबाट माथी उठेर आफ्नै अनुभूतिमा आधारित सहज कबीर पंथी धर्मको प्रतिस्ठापन गरे । धार्मिक त्रुटि र भुलहरूलाई परिमार्जन गर्न उनले सबै धर्ममा ब्यप्त अन्धविश्वास, कुरीति र जडताको तिब्र बिरोध गरे । कबीरको यस्तो बिरोध तर्क र तथ्यपूर्ण थियो ।

नेपालमा कबीर धर्म 

बिस्वभरि झण्डै ३ करोड र नेपालमा करिब ३ लाख मानिस संत कबीरका उपासक रहेको जानकारी पूर्णब्रम्ह कबीर समाज नेपालले दिएको छ ।

संत कबीरको सहज धर्मले कुनै पनि पूजा पाठ दान धर्म मा आशा एबं विश्वास राख्दैन । न त स्वर्ग को आकर्षण यो धर्ममा छ, न त नर्कको भय नै छ । कबीरको धर्म आन्तरिक सफाइ र निर्मलिकरणमा आधारित छ ।

कबीर समाजवादी संत थिए । उनको अन्तस्करणमा एउटा यस्तो समाज निर्माणको भावना रहेको पाइन्छ । जसमा रहेर हरेक मानवले शान्तिपूर्ण सरल एबं सहज मर्यादापूर्ण जीवन जिउन सकोस । कबीरको भावना र बिचार सदा सरल, सहज मर्यादित पाइन्छ ।

कबीरमा सबैलाई आत्मसात गर्नसक्ने शक्ति र क्षमता पाइन्छ । उनका हरेक बाणीहरूमा प्रेम र सदभावको धारा प्रभावित भैरहेको पाइन्छ । कबीर मार्ग प्रेमको मार्ग हो । अहंकार, संकुचित र अन्धविश्वासलाई त्यागेर जो कोही मानव पनि यस मार्गमा हिड्न सक्दछ ।

एक निरंजन अलह मेरा
हिन्दु तुरक कहुं नही नेरा ।
रखुं ब्रत न मुहरमा जाना
तिसही सुमरुं जो रहे निदाना ।
पुजा करुं न निजाम गुराजुं
एक निराकार हरिदै नमसकरुं ।
नां हज जांउ न तिरथा पुजो
एक पिछाण्या तौ क्या दुजा ।
कहे कबीर भरम सब भागा
एक निरंजन सुं मन लागा ।

अर्थात – एकमात्र मायारहित निरंजन अल्लाहमा मेरो निष्ठा छ ।

हिन्दु र मुसलमान कुनै पनी मेरो निकट छैनन । मेरो मनमा साप्रदायिक आग्रह छैन ।

न म ब्रत बस्छु, न मलाई मुहरममा बिश्वास छ । म त त्यही तत्वको स्मरण गर्दछु, जुन सबै नस्ठ हुँदा पनि निरंजन, निराकार, अजर र अमर छ ।

न म देबताको पूजा गर्दछु । न त नमाज पढ्छु । केबल निराकार ब्रम्ह ॐ सोहम सत्यकबीरलाई हर पल हृदयदेखि नै नमस्कार गर्दछु ।

न त म हज जान्छु, न तीर्थ पूजा नै गर्छु । मले त परम तत्व परमात्मालाई चिनीसकेको छु । त्यसैले मलाई अन्य साधना को आबस्यकता नै छैन ।
कबीरले भनेका छन् – मेरा सारा शंका समाप्त भएको छ । एकमात्र निरंजन ब्रम्हमा मेरो मन अर्थात हृदय रमेको छ । संत कबीरको जीवन दर्शनबाट ।

यसरी कबीरले सारा दुनियाँलाई नयाँ दर्शन र बिज्ञान दिएका छन् । कबीर सबैखाले धार्मिक अन्धविश्वास र कुरीतिलाई हटाउन सामाजिक र धार्मिक अभियन्ता पनि हुन संत काबीर ।

कबीर मार्ग सहज साधना सहज समाधी र सहज ध्यानको मार्ग हो । एकदमै सरल स्वाभाविक मार्ग हो । कबीर मार्ग समताको मार्ग पनि हो । एउटा मानवलाई अर्को मार्गसंग जोड्ने मार्ग पनि हो ।

कबीर धर्मावलम्बीहरू भन्छन् कबीर जीवनको आदर्श र उर्जा हो । कबीर सबै मानब जातिका लागि प्रेरणा र भरोसापूर्ण व्यक्तित्व र आदर्श हो ।

कबीरको जीवन र दर्शनलाई पढेपछि मात्र हामीलाई थाहा हुनेछ, हामी कति भ्रम र अन्धविश्वासमा बाचेका रहेछौ भनेर ।

कबीर एउटा दर्शन हो , जसले जिबन र जगत लाइ बेग्लै ढंगले हेरेको छ ।

कबीर एउटा सागर हो, जसमा ब्रम्ह, परम ब्रम्ह र पूर्णब्रम्ह मिल्दछ ।

कबीर एउटा ज्योति हो, जसले जीवनलाई नयाँ उर्जा, आनन्द र प्रकाश दिन्छ ।

कबीर एउटा प्रकाश हो, जसले धर्मका नाउमा गरिने अन्धविश्वास, कुरीति र कुसंस्कारलाई हटाइ दिन्छ ।

हामीले कबीरलाई बुझ्न सकेनौ भने कसैलाई पनि बुझ्न सक्दैनौ ।

हामीले कबीरलाई बुझ्न सक्यौ भने यो संसारमा बुझ्नको केही बाँकी रहनेछैन । कबीर पंथीहरूको दाबी छ ।

कबीर एक आमन्त्रण हो ।

कबीर पुकार हो ।

कबीर आह्वान हो ।

कबीर अभियान हो ।

तर यो बाहिर कतै छैन, हामीभित्रै छ ।

प्रत्येक प्राणीभित्र छ ।

स्वास प्रस्वासमा छ ।

कबीरभन्दा साधारण मानिस खोज्न कठिन छ ।

कबीर सामान्य र अनपढ हुन तर सिङो दर्शन शास्त्र हुन ।

उनले परमात्मालाई खोज्न हिमाल जानु परेन। परमात्मा स्वयं कबीर समक्ष आए ।

मनुस्यजातिको इतिहासमा कबीर दर्शनको कुनै तुलना छैन । यसभन्दा सरल र सफा अनि सिधा र स्पस्ट बचन यो जगतमा कहिल्यै बोलिएन । यसलाई बुझ्ने र बुझाउने भगतहईको संख्या यो संसारमा उल्लेख्य वृदि् भैरहेछ ।

कबीरको एक बचन हजारौं शास्त्रको सार हो । गीता जतिनै मूल्यवान भएपनि कबीरको एकै शब्द काफी छ । कबीर अनगढ हीरा हुन्, सिधै खानीबाट निकालिएको ।

कबीरले कागज र मसी कहिल्यै रोजेन ।

हातमा कलम कहिल्यै समातेनन ।

कबीर बिजकलाई आधार ग्रन्थ मानिन्छ ।

बिजक बित बतावै, जो बित गुप्त होय ।

ऐसे शब्द बतावै जीवको, बुझै बिरला कोय ।

सतगुरु कबीरको प्रमाणिक वाङ्मय बीजक अत्यन्त महत्वपूर्ण, सारगर्भिक र गंभीर चिन्तन हो । हामी त्यसमा जति डुब्छौ त्यति नै नयाँ उत्साह, उर्जा र उमंग पाउँछौ ।
संत कबीर जीवन दर्शनबाट ।

सत साहेब

हिन्दुहरूले नमस्कार, क्रिश्चियनहरूले जय मसी, मुस्लिमहरूले सलाम मालिकम भने जस्तै कबीर पंथी धर्मावलम्बीहरूले आपसमा सत साहेब संबोधन गरेर सम्मान आदानप्रदान गर्दछन् ।

– २२ मंसिर, २०७६ (लेखक – पत्रकार एवम् राप्रपा संयुक्तका प्रवक्ता हुन्)