
काठमाडौं, २१ मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा माल्दिभ्सलाई पराजित गदै नेपाले जित दर्ता गरेको छ ।
पहिलो हाफमा माल्दिभ्सले १९औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको थियो। माल्दिभ्सका लागि इब्राहिम हुसेनको गोलबाट लिएको अग्रतालाई अभिषेक रिजालले ४३ औँ मिनेटमा गोल गर्दै बराबरी गरेका थिए।
आफ्नो घरेलु मैदान त्रिपुरेश्वस्थित दशरथ रंगशालामा अभिषेकले उत्कृष्ट गोल गर्दै ४३ औं मिनेटमा माल्दिभ्सलाई १/१ को बराबरीमा रोकेका थिए।
५२ औं मिनेटमा नेपालले पाएको कर्नर किकलाई नेपालले सदुपयोग गर्दै दोश्रो गोल गरेर अग्रता लिएको थियो । यो जितले नेपाल तीन खेलमा सात अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।















प्रतिक्रिया