
डडेल्धुरा, २० मंसिर । अमरगढी नगरपालिका भित्र रहेका सिमान्तकृत वर्गका व्यक्तिहरु नै सुचनाको पहँच बाहिर रहेका छन् ।
सिमान्तकृत वर्गको सुचनामा पहँुच सम्बन्धी संचालन गरिएको एक कार्यक्रमा सिमान्तकृत वर्गका महिलाहरुले आफुहरु स्थानीय सरकारले प्रवाह गर्ने सुचनाबाट बंञ्चित रहेको बताएका छन् ।
सिमान्तकृत वर्ग दलित, महिला जनजातिहरुका लागी विनियोजित रकम र निर्माण गरिएका योजनाहरुका बारेमा नगरपालिका र वडा कार्यालयबाट जानकारी सम्म नहुने अमरगढी नगरपालिका वडा नंं. ६ छचोडाकी विमलादेवी ताम्राकारले बताईन् । उनले भनिन् दलित महिलाहरुको लागी आएका योजनाहरु छनोटका लागी सार्वजनिक स्थलहरुमा सुचना टाँस गर्छन् । जुन स्थानमा महिलाहरु जान सक्ने अवस्थामा रहदैन्न ।
स्थानीय सरकारले सिमान्तकृत वर्गका लागि आएका योजनाहरु सिमान्तकृत वर्गका नाममा केही टाठाबाठाहरुलाई बोलाएर दिनेगरेको र वास्तविक सिमान्तकृत वर्ग सो योजनाहरु तथा सुविधाबाट बञ्चित रहेको द्धारिकादेवी ताम्राकारले बताईन् । उनले भनिन् सिमान्तकृत वर्गका समुदायको विभिन्न योजनाहरुमा सहभागीता गराउँछन् तर योजना कसरी कार्यान्वयन गरिन्छ सो विषयमा भने आफुहरुलाई जानकारी नै हुँदैन ।

अमरगढी नगरपालिकाले सिमान्तकृत वर्गहरुलाई लक्षित गरी मोबायल एप्स, मोबायल एसएमएस र मोबायल भ्वाईस म्यासेज र वेभ साईट मार्फत पनि सुचना प्रवाह गरिरहेको अमरगढी नगरपालिकाका उप प्रमुख संगिता भण्डारीले बताईन् । उनले भनिन् सेवाग्राहीहरुलाई सजिलो तरिकाले सुचना दिनका लागि नगरपालिकाले सुचना बोर्डका साथै ईस्मार्ट प्रविधिको व्यापक रुपमा प्रयोगमा ल्याएको छ ।
तर नगरपालिकाले विभिन्न किसिमका टुल्सहरु प्रयोग गरि सुचना प्रवाह गरिरहेको भए पनि सिमान्तकृत समुदायको व्यक्तिले एस एमएस मार्फत आएका सुचना हेर्न नसक्ने, मोबाइल एप्सहरु संचालन गर्न नसक्ने भएकोले वास्तविक सिमान्तकृत समुदाय सुचनाको पहुँच बाहिर नै रहेको गैरसरकारी संस्था महासंघ डडेल्धुराका अध्यक्ष प्रेम महरले बताए ।
उनले भने स्थानीय जनप्रतिनिधि निर्वाचित हुनु पुर्व र निर्वाचित पश्चात सिमान्तकृत वर्गको कतिको पहुँच पुगेको छ त्यसको स्पष्ट तथ्यांक स्थानीय निकायसँग अझै पनि नहन सकेको छैन ।
सिमान्तकृत वर्गको सुचना पहुच निर्माणका लागी स्थानीय सरकारले स्थानीय भाषामा नै विभिन्न सुचनाहरु प्रशारण गर्नु पर्ने जिल्ला बार एशोसियसन डडेल्धुराका कोषाध्यक्ष अधिवक्ता आरति जोशीले बताईन् ।
स्थानीय संस्था ग्रामीण वातावरण विकास केन्द्र डडेल्धुराको प्राविधक सहयोगमा अमरगढी नगरपालिका र नवदुर्गा गाउपालिकामा सुचना प्रविधि केन्द्रहरु निर्माण गरिएका छन् ।
सुचनामा सिमान्तकृत वर्गको केही सहभागिता देखिएपनि सबैलाई सुचनाको पहुँचमा ल्याउनका लागि स्थानिय सरकारका निति तथा कार्यक्रमले उक्त समुदायको क्षमता अभिवृद्धिका अभियान जोड्नु आवश्यक देखिएको छ ।















प्रतिक्रिया