३ कार्तिक २०८३, मंगलबार

गल्फमा नेपाललाई दुई स्वर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा नेपालले ऐतिहासिक स्वर्ण जितेको छ। शुक्रबार नेपालले एकल र टिम गल्फमा दुई स्वर्ण पदक हात पार्दै ऐतिहासिक सफलता प्राप्त गरेको हो।

गोकर्ण गल्फ कोर्समा शुक्रबार नेपाललाई सुवास तामाङले टिम इभेन्ट्स र व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जिताएका हुन् ।

सुवासले १४ अन्डर २७४ खेल्दै स्वर्ण जितेका हुन्। गल्फको टिममा भने सुवास, टंकबहादुर कार्की, निरज तामाङ शुक्र्रबहादुर राईले स्वर्ण जितेका हुन्।

गल्फको पुरुषतर्फ टिम स्पर्धामा नेपाल, बंगलादेश र श्रीलंकाले भाग लिएको छ। एकलमा भने भुटानले एकजना खेलाडी मात्र सहभागी गराएको छ।

त्यसैगरी महिला तर्फ नेपालले टिमतर्फ कास्य जितेको छ। साग गल्फमा चार स्वर्ण, चार रजत र चार नै कांस्यका लागि प्रतिस्पर्धा भएको छ। आयोजकको हिसाबले नेपालले सागमा गल्फ खेल राखेको हो।