३ कार्तिक २०८३, मंगलबार

दौडमा नेपालले जित्यो स्वर्ण र कास्य पदक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर ।  १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुषतर्फ ५ हजार मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक जितेको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको प्रतियोगितामा नेपालका लागि गोपीचन्द पार्कीले १४ मिनेट ५४.२० सेकेन्डमा दौड पूरा गरेर स्वर्ण जितेका हुन् । यो स्पर्धामा भारतका सुनील दावाले रजत पदक पाएका छन् । उनले १४ मिनेट ५५.२१ सेकेन्डमा पूरा गरे । यसैगरी नेपालका हरिकुमार रिमाल कास्य १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गरेर कास्य पदक जितेका हुन् ।

सन्तोषीले अन्तिम समयसम्म प्रतिद्वन्द्वीलाई उछिन्ने अवसर दिइनन्। तर, अन्तिम ५० मिटरको दौड बाँकी रहँदा भारतीय धाविका कविता यादवले आफ्नो गति बढाएर सन्तोषीलाई उछिन्ने प्रयास गरिन्।

प्रतिद्वन्द्वीको चलाखी बुझेकी सन्तोषीले अन्तिम समयमा जम्प गर्दै कविताभन्दा पहिले लक्ष्य पूरा गरेकी थिइन‍्। दक्षिण एसियाली एथलेटिक्समा भारत र श्रीलंकाकाको दबदबा रहँदै आएको थियो ।