३० आश्विन २०८३, शुक्रबार

नेपाल लाइब्रेरी फाउण्डेसनको नयाँ कार्यसमिति, युरोप संयोजकमा शिवजी श्रेष्ठ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । नेपाल लाइब्रेरी फाउन्डेसनको छैठौँ साधारण सभाले गत वर्षको वार्षिक, आर्थिक, लेप प्रतिवेदन, आगामी कार्यक्रम र केही महत्वपूर्ण प्रस्तावहरु पारित गर्नुका साथै नयाँ कार्यसमितिको चयन गरेको छ ।

सो कार्यसमितिको संयोजकमा न्युजिलैंडका चक्रबहादुर थापा र सहसंयोजकमा नेपाल बिमा संस्थानका अध्यक्ष समेत रहेका गंगाराम कँडेल (आयरलैंड) रहेको हाल २२ देश समेटिने गरि २२ सदस्यीय अन्तरराष्ट्रीय समिति बिस्तार गरेको छ ।

त्यसैगरी युरोपमा महादेश स्तरिय संयोजक पनि चयन गरेको छ । सो युरोपको संयोजकमा बेलायत निवासी शिबजी श्रेष्ठलाइ मनोनयन गर्ने निर्णय गरेको छ । निज शिवजी श्रेष्ठले आफ्नै एवम विभिन्न श्रोत तथा संयोजन गरी ओखलढुंगा, खोटांग, ईलाम तथा पोखरामा समेत गरि ७ वटा इ लाइब्रेरी स्थापनामा भूमिका निभाइसकेका छन् ।

फाउण्डेसनको वार्षिक साधारण सभा अध्यक्ष कपिल देव थापाको अध्यक्षता र प्रमुख संरक्षक एवम एन आर एन आइ सी सी लाइब्रेरी टास्क फोर्स चिफ कोअर्डिनेटर नरेश कोइरालाको प्रमुख आतिथ्यमा काठमाडौँमा सम्पन्न भएको थियो ।

शिक्षाको विकासको लागि सबैलाई लाइब्रेरीको महत्व बुझाउँदै देशको दुरदराजसम्म पनि लाइब्रेरीको बिस्तार गर्ने उदेश्यले स्थापित यस फाउन्डेशनको सो साधारण सभामा संस्थाका संरक्षक, सल्लाहकार, आजीवन सदस्य लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।