३० आश्विन २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५ नेपाल स्टक एक्सचेन्जमा सूचिकृत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ मंसिर । माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको वार्षिक १०.२५% ब्याजदरसहित प्रति ऋणपत्र रु.१,००० कायम भएका उक्त ऋणपत्र मंसिर १८ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो ।

ऋणपत्र सूचिकृत सम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका थिए । सूचिकरण पछि १० वर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्ज मार्फत दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

माछापुच्छ्रे बैंक लिले आफ्ना १४४ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७१ वटा एटीएमहरु मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैँकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।