
घोराही, १८ मंसिर । नेविसंघ दाङका कोषाध्यक्ष अरूण लहरे पक्राउ परेको जिल्ला प्रहरि कार्यालय दाङले जनाएको छ ।
अनेरास्ववियु राप्ती बबई क्याम्पस तुलसीपुरका अध्यक्ष रविन वलीलाई कुटपिट गरेका लहरे यसअघि फरार थिए । लहरेलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको दाङ्का प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए ।
लहरेले केही दिनअघि वलीलाई क्याम्पस प्रांगणमा बिना कारण कुटपिट गरेका थिए । लहरेलाई प्रहरी मंगलबार तुलसीपुर बजारबाट पक्राउ गरी सार्वजनिक नैतिकता विरुद्धको मुद्दा चलाएको जिल्ला प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए ।
इप्रका तुलसीपुर प्रमुख डीएसपी हरिहरनाथ योगीका अनुसार उनलाई जिल्ला प्रशासन कार्यालय दाङले १० दिन हिरासतमा राखि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
यसअघि लहरे केही वर्षअघि ट्रक लुटपाटको आरोपमा समेत पक्राउ परेका थिए ।















प्रतिक्रिया