३० आश्विन २०८३, शुक्रबार

प्रधानाध्यापकको भत्ता विद्यार्थीलाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रुकुम, १८ मंसिर । रुकुम पश्चिमको एक विद्यालयमा विद्यार्थीलाइ निशुल्क स्कुल ड्रेस वितरण गरिएको छ । आठबिसकोट १४ स्थित जनविकास माविका प्रधानाध्यापक दिपक सङगम थापाले आफूले प्राप्त गर्ने प्रअ भता नलिइ विद्यालयमा अध्ययनरत सात जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।

उक्त रकम आर्थिक समस्या परेका विद्यार्थीलाई एक कार्यक्रमकाबीच वितरण गरिएको छ ।

विद्यार्थीहरु रमेश मल्ल, टङ्कराज चन्द, मोनिका चन्द, डिला मल्ल, ललिता मल्ल र टीका पुनलाई वितरन गरिएको हो । यसअघि नै प्रअ थापाले आफूले प्रअ भत्ता नलिने घोषणा गरिसकेका थिए । प्रअ थापाको यस्तो कार्य बाट विद्यार्थी र नगरबासी खुशी भएका छन् ।