३० आश्विन २०८३, शुक्रबार

युनिभर्सल कलेजका मेडिकल विद्यार्थीले परीक्षा बहिष्कार गर्दै पेन डाउन

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, १८ मंसिर। आन्दोलनरत युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थीले बुधबारदेखि सुरु हुने बिडिएस, फार्मेसी, बिएम आइटी , बिएम एल्टि, बि पि एचको परीक्षा बहिष्कार गर्दै पेन डाउन गरेका छन् ।

विद्यार्थीहरुले पहिलो वर्षका परीक्षा बहिष्कार गर्दै पेन डाउन गर्दै कलेज परिसर भित्र मानव साङ्गलो बनाएर बिरोध प्रदर्शन गरेका थिए ।

करिव ३४ दिन देखि रिले अनशनमा रहेका विद्यार्थीहरुलाई आन्दोलन रोक्न कलेज प्रशासनले धम्किपुर्ण अपिल जारी गरेको बिध्यार्थीको आरोप छ ।

कलेजले विद्यार्थीलाई निकाल्ने सम्मको धम्की दिने गरेको विद्यार्थीहरुको भनाई छ । विद्यार्थीका अनुसार कलेजले अभिभावक समेतलाई फोन गरेर दवाव दिएको आरोप विद्यार्थीहरुको रहेको छ ।