
काठमाडौं, १८ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग)को तेक्वान्दोततर्फ नेपालकी संगीता बस्यालले स्वर्णपदक जित्न सफल भएकी छन् ।
बुधबार ६२ केजी तौल समूहमा संगीताले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरेकी हुन् ।
मंगलबारसम्म ९ स्वर्ण जितिसकेको तेक्वान्दोबाट नेपालकी संगिता बस्यालले स्वर्ण जितेकी हुन्।
योसँगै तेक्वान्दोमा नेपालको स्वर्णपदकको संख्या १० पुगेको छ ।















प्रतिक्रिया