३ कार्तिक २०८३, मंगलबार

उसुमा विवाद, नेपाली खेलाडी नै धर्नामा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसीयाली खेलकुद (साग) अन्तर्गतको उसु थाउलो, ताइजिजान प्रतिष्पर्धाको निर्णयका विषयमा विवाद भएको छ ।

निर्णायकहरुले झेली गरेको भन्दै भारतीय प्रतिनिधिले विरोध गरेका थिए । विरोधमा नेपालका खेलाडी हरिप्रसाद गोलेले समर्थन गर्दै निर्णायकले श्रीलंकालाई बढी अंक दिएर बिजेता गरेको भन्दै धर्नामा बसे । गोले र भारतीय ज्ञानदास सिंह सहभागी थिए । निर्णायकले श्रीलङ्काका खारिदुनमललाई विजेता बनाए । लगत्तै नेपाली खेलाडी गोलले म्याटमा उत्रिएर धर्ना दिएका हुन् ।

विरोधपछि दर्शकले पानीको बोतल फ्याँकेका थिए । धर्नाकारी गोलेलाई प्रहरीले हटाएको थियो ।