३० आश्विन २०८३, शुक्रबार

प्रचण्डले डाके नेकपा सचिवालय बैठक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १७ मंसिर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी हाँक्ने जिम्मेवारी पाएपछि सचिवालय बैठक बोलाएका छन् । उनले बुधबारका लागि बैठक डाकेका छन् ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाइएको जनाइएको छ । मंसिर ४ मा दुई अध्यक्षबीच पार्टी प्रचण्डले चलाउने सहमति भएको थियो ।

बैठक वुधबार विहान ९ बजे बोलाइएको स्रोतले जनाएको छ । दुवै अध्यक्षको वरीयता यथावत् रहने, सरकार र पार्टी काम अध्यक्षद्वय ओली–दाहालबीच आपसी सहमतिमा गर्ने, बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्त रूपमा गर्ने, तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन दाहालले गर्ने गरी मंसिर ४ मा ओली–दाहालको कार्य विभाजन भएको थियो ।

दाहालले अहिले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायत नेतासँग छलफल गरेर बैठक बोलाएका हुन् ।

आगामी बैठकको एजेन्डा तय गर्न वुधबार सचिवालय बैठक डाकिएको स्रोतको भनाइ छ ।