
काठमाडौँ, १७ मंसिर । न्याय परिषद्ले रिक्त सात जिल्ला न्यायाधीशको सिफारिस गरेको छ भने उनीहरूलाई मंगलबार नै नियुक्त पनि दिइएको छ ।
मंगलबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशको सिफारिसत तथा नियुक्ति गरेको हो ।
परिषद्ले गेहेन्द्रराज पन्त, विद्याराज पौडेल, महेन्द्रराज काफ्ले, टेकराज जोशी, इन्दिरा शर्मा, मनकुमारी जिएम विक र रिता कुमारी बख्रेललाई जिल्ला न्यायाधीशमा सिफारिस गर्दै नियुक्त गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको अध्यक्षतामा बसेको बैठकले कर्मचारीहरुलाई सिफारिस गरेको हो । मंगलबार बसेको बैठकमा कानुनमन्त्रीको रुपमा पहिलो पटक उपेन्द्र यादव सहभागी भएका थिए ।
















प्रतिक्रिया