३० आश्विन २०८३, शुक्रबार

मोरङमा टिपरको ठक्करबाट ४ वर्षीया बालिकाको निधन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ मंसिर । मोरङमा टिपरको ठक्करबाट मंगलबार ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका वडा नं. ५ डुम्राहाकी बालिका राधिका कुमारी मण्डलको मृत्यु भएको हो ।

डुम्राहाको भित्री सडकमा हिँडिरहेकी बालिका मण्डललाई ना ८ ख ७०५३ नं. को टिपरले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।

टिपरका चालक मोरङको रतुवामाई नगरपालिका वडा नं. ५ बस्ने ३० वर्षीय आशिष कठेतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।