३० आश्विन २०८३, शुक्रबार

सरकारद्धारा केही जिल्लाका सिडिओकाे सरुवा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ मंसिर । गृह मन्त्रालयले पर्सा, भक्तपुर, चितवन लगायत केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ । मन्त्रीस्तरको निर्णयानुसार सिडियोहरुको सरुवा भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

पर्साका सिडिओ नारायण प्रसाद भट्टराईको चितवनमा सरुवा भएको छ भने चितवनका जितेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ ।

त्यस्तै, भक्तपुरका नारायण भट्टलाई मकवानपुरको सिडिओमा सरुवा गरिएको छ ।

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लक्ष्मण बहादुर खड्कालाई लमजुङको सिडिओ बनाइएको छ ।