३० आश्विन २०८३, शुक्रबार

किन राेकियाे अध्यक्ष दाहालको चीन भ्रमण ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १७ मंसिर । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ । अध्यक्ष दाहाल नेतृत्वको ६० सदस्यीय टोली मंसिर २४ गते चीन भ्रमण जाने कार्यक्रम तय भएको थियो । दाहालले हालै एक कार्यक्रममा आफू सि जिन पिङको निम्तोमा आफू चीन भ्रमण जान लागेको बताएका थिए ।

तर, अध्यक्ष दाहाल र चिनीयाँ राजदुतबीच भएको भेटवार्तापछि दाहालको भ्रमण रोकिएको स्रोतले जनाएको छ ।

राजदूतसँगको भेटमा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति र पार्टी सञ्चालनको जिम्मेवारीलाई मध्यनजर गर्दै तत्काल चीन भ्रमण उपयुक्त नभएको भन्दै पछाडि सार्न आग्रह गरेका थिए ।

मंसिर २४ लाई तय भएको दाहालको भ्रमण स्थगित नगर्न चिनियाँ पक्षबाट दबाब आएपनि दाहलले अहिले भ्रमणमा जानु हतार हुने बताए ।

त्यस्तै, पार्टीका अन्य शीर्ष नेताहरुले पनि प्रधानमन्त्रीको स्वास्थ्य स्थितिलाई हेरेर भ्रमण स्थगित गर्न दाहाललाई सुझाव दिएको स्रोतले उल्लेख गरेको छ ।

पार्टी प्रवक्ताले अध्यक्ष दाहालको भ्रमण तत्कालका लागि स्थगित भएको पुष्टि गर्दै अर्काे मिति तय नभएको जानकारी दिए ।