३० आश्विन २०८३, शुक्रबार

तेह्राैँ सागमा पुरुष भलिबलको स्वर्ण भारतलाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलको स्वर्ण भारतले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई ३–१ ले हराउँदै भारतले स्वर्ण जितेको हो । पहिलो सेट पाकिस्तानले २५–२० अङ्कले जितेको थियो । त्यसपछि भारतले लगातार तीन सेट जित्यो । भारतले दोस्रो सेट २५–१५, तेस्रो सेट २५–१७ तथा चौथो सेट २९–२७ अङ्कले जितेको हो ।

अहिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा महिला भलिबलतर्फ स्वर्ण पदकका लागि नेपाल र भारतबीच खेल भइरहेको छ । उक्त खेलको उपराष्ट्रपति नन्दबहादुर पुनले अवलोकन गर्दै हुनुहुन्छ । –रासस