३ कार्तिक २०८३, मंगलबार

साग पुरुष फुटबलकाे पहिलो खेलमा नेपालको शानदार जित, भुटान ४ शून्यले पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ मंसिर ।  साग पुरुष फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले शानदार जित निकालेको छ । भुटानलाई ४-० ले पराजित गर्दै नेपालले शानदार जित दर्ता गरेको हो ।

खेलको पाँचौ मिनेटमा नेपालका लागि पहिलो गोल कप्तान सुजल श्रेष्ठले गरे । पहिलो हाफमा १-० ले अगाडि रहेको नेपालका लागि दोस्रो हाफको पाँचौ मिनेटमा कप्तान सुजल स्वयम्ले दोस्रो गोल गरे । सुजलले खेलको ५० औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाएका हुन् ।

त्यसैगरी खेलको ६६ मिनेटमा अभिषेक रिजालले हेडमार्फत् सुन्दर गोल गर्दै नेपालको अग्रता ३ शून्यले बढाए । सँगै खेलको ७७ औं मिनेटमा भुटानविरुद्ध मिच्चेन तामाङले चौथो गोल गरे । तामाङको गोल नै नेपालको शानदार जितका लागि निर्णयक बन्यो ।

साग पुरुष फुटबल अन्तर्गत सोमबार भएको खेलमा भुटानले बंगलादेशलाई १-० ले हराएको थियो ।