
काठमाडौं, १७ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको टी–२० क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ ।
कीर्तिपुर स्थित क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाको अन्डर २३ टोलीले नेपालले दिएको चुनौती १९.१ ओभरमा भेट्टायो ।
नेपालले श्रीलंकालाई १७३ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको श्रीलंकाले ४ विकेट गुमाउँदै १७५ रन बनाएको हो।
श्रीलंकाको जितमा सम्मु असनले ७२, निशान मुदुस्काले ४६, पी निसन्काले ३० रन बनाए । नेपालका लागि पवन सरार्फले दुई विकेट लिए भने सोमपाल कामी र सुसन भरीले एक एक विकेट लिए ।















प्रतिक्रिया