
काठमाडौं, १७ मंसिर । दक्षिण एसीयाली खेलकुद (साग)मा नेपालको राष्ट्रिय क्रिकेट टिमले श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको छ ।
मंगलबार टस जितेर बलिङ गरेको श्रीलंका केही बेरमा व्याटिङका लागि पिचमा उत्रिँदैछ ।
नेपालको राष्ट्रिय टोलीले र श्रीलंकाको अन्डर २३ टोलीको सामाना गर्नेछ ।
२० ओभरको खेलमा नेपालले ५ विकेट गुमाउँदै १७२ रन बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले नटआउट रहँदै सर्वाधिक ७२ रन बनाए । पी सरार्फले २२ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले २१ रनको योगदान गरे ।
श्रीलंकाका लागि कामिदु मेनदिसले दुई, असिथा फर्नानडो, डिएस तिलकरत्ने र के अजुलाले एक–एक विकेट लिएका थिए ।















प्रतिक्रिया