
काठमाडौं, १७ मंसिर । दक्षिण एसीयाली खेलकुद (साग)को १३ औं संस्करणमा नेपालले स्वर्ण माथि स्वर्ण जित्ने क्रम जारी छ । एथलेटिकसमा सन्तोषी श्रेष्ठले पहिलो स्वर्ण पदक जितिन् । १० किलोमिटर दौडमा उनले स्वर्ण जितेकी हुन् ।
उता, महिला फूटबलमा पनि नेपालको सुखद सुरुआत भएको छ । पोखरा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले पछारेको छ ।
नेपालका लागि खेलको उत्तरार्धको अन्त्यतिर अनिता केसीको पासमा सरु भ्ण्डारीले निर्णायक गोल गरिन् । आयोजक राष्ट्र नेपाल सागको शीर्ष स्थानमा छ ।















प्रतिक्रिया