
काठमाडौं, १७ मंसिर । जनकपुरमा एक सय आठ जोडीको सामूहिक आदर्श विवाह गरिएको छ ।
प्रदेश सरकार, विश्व हिन्दु परिषद र ऐतिहासिक मणिमण्डप संरक्षण समितिको संयुक्त आयोजनामा सोमबार जनकपुरमा एक सय आठ जोडीको सामूहिक आदर्श विवाह सम्पन्न भएको हो।
नवविवाहित जोडीलाई सम्मान पत्र प्रदान गरिएको थियो।
सामूहिक आदर्श विवाहमा सहभागी प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सम्मान पत्र प्रदान गरे।












प्रतिक्रिया