
काठमाडौं, १७ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण जितेको छ ।
मंगलबार बिहान ललितपुरको लगनखेलमा भएको प्रतियोगितामा उसुको पुरुष थाउलोतर्फ विजय सिञ्चालीले स्वर्ण जितेका हुन भने महिला थाउलोतर्फ सुस्मिता तामाङले स्वर्ण जितेकी हुन् ।
विजयले बंगलादेशी र सुस्मिताले श्रीलंकन प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण हात पारेका छन् ।
१३औं सागको उसुमा सुरुकै खेलमा नेपालले स्वर्ण जितेको हो ।















प्रतिक्रिया