१ कार्तिक २०८३, आइतबार

यौन दुर्व्यहार गरेको आरोप लगाउने पाँच महिलाले बयान दिनुपर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १७ मंसिर । जेफ्री एपस्टिनले आफूहरुमाथि यौन दुर्व्यहार गरेको आरोप लगाउने पाँच महिलाले आरोपको घेरामा आएका बेलायती राजकुमान एन्ड्रयूले पनि अदालतमा बयान दिनु पर्ने बताएका छन् ।

यौन दुर्व्यहारका कसुरदार एपस्टिनको घरमा मानिसहरुलाई कसरी मालिश गरिन्थ्यो भन्नेबारे प्रिन्स एन्ड्रयूले बयान दिनु पर्ने ती महिलाहरुले बताएका हुन् ।

पाँचै महिलाको मुद्दामा प्रत्यक्षदर्शीका रुपमा अदालतमा बयान दिन बाध्य पार्नका लागि द ड्युक अफ योर्क (प्रिन्स एन्ड्रयू) का नाममा निर्देशनात्मक आदेश माग गर्ने तयारीमा रहेको पीडित महिलाका वकिलले बिबिसीसँग बताएका छन् ।

प्रिन्स एन्ड्रयूसँग यौन दुर्व्यवहारका लागि हुने बेचबिखनबारे महत्वपूर्ण सूचना हुन सक्ने ती वकिलले बताएका छन्।

प्रिन्स एन्ड्रयूले एपस्टिनको घरमा आफू जाँदा कुनै पनि किसिमको शंकास्पद गतिविधिको आंशका नलागेको तथा त्यस्तो कुनै गतिविधि नदेखेको बताउँदै आएका छन् ।

तर पीडित महिलाका वकिल डेविड बोइएसले आफूहरुको प्रयास प्रिन्स एन्ड्रयूसँग बयान लिने रहेको बताएका छन्।