
दमक, १५ मंसिर । मानिसले जन्मदिन कसरी मनाउँछन् ? सामान्य उत्तर हो केक काटेर, घुम्न गएर वा अन्य केही रमाइलो गरेर । तर पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष छवि बास्कोटाले आइतबार आफनो जन्मदिन वृद्धा आश्रममा रहेका वृद्धहरुलाई खुशी बनाएर मनाए ।
दमक स्थित रत्न वृद्ध आश्रममा रहेका वृद्धहरुलाई केही खाद्यान्न सामाग्री प्रदान गरेर उनले आफ्नो जन्मदिन मनाएका हुन् ।
बास्कोटाले दुई बोरा चामाल, दाल, तरकारी, चिनी लगायतका सामाग्री प्रदान गरे । कार्यक्रममा वाणिज्य संघ दमकका प्रथम उपाध्यक्ष राजु खडका, पहिलो पाइला दमक शाखाका सदस्य लगायतको उपस्थित रहेको थियो ।

फजुल खर्च गरेर भन्दा वृद्धहरुलाइ केही सहयोग गरेर आफनो जन्मदिन मनाउन पाउँदा खुशी रहेको अध्यक्ष बास्कोटाले बताए । उक्त आश्रममा ९ जाना वृद्धवृदा रहेका छन् ।















प्रतिक्रिया