३० आश्विन २०८३, शुक्रबार

अन्तत : विद्या नै विजयी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १५ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ नेकपाकी उम्मेदवार विद्या भट्टराई निर्वाचित भएकी छन् । शनिबार भएको उपनिर्वाचनमा भट्टराई ८ हजार ४०९ फराकिलो मतान्तरले विजयी भएकी हुन् ।

उनले २४ हजार ३९५ मत ल्याएकी छन् भने कांग्रेस उमेदवार पौडेलले १५ हजार ९८६ मत ल्याएका छन् । अहिले मतगणना सकिएको भएपनि औपचारिक घोषणा हुन भने बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेस उमेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै विद्यालाई खादा लगाएर बधाई तथा आगामी कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् ।

विजयी उमेदवार भट्टराईले मतदातालाई धन्यवाद दिँदै पर्यटन र पूर्वाधार विकाससँगै पोखराको विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

कास्की २ मा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५६३ मत खसेको थियो ।

कुन ७१ हजार ८७१ मतदाता रहेको कास्कीमा २० हजार ७८४ पुरुष र २४ हजार ७७९ महिलाले मतदान गरेका छन् ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीबाट रविन्द्रपत्नी विद्या भट्टराई लगायत चुनावी मैदानमा थिए ।

तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ बाट प्रतिनिधि सभाको रिक्त सिटमा उनै स्व. रविन्द्र पत्नी विद्या विजयी भएकी हुन् ।