३० आश्विन २०८३, शुक्रबार

महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाका चौधरी निर्वाचित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, १५ मंसिर । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विक्रम चौधरी निर्वाचित भएका छन् । यसअघि राजपा उम्मेदवारले जितेको गाउँपालिकामा तत्कालीन प्रमुख प्रतिस्पर्धी चौधरीले ३ हजार २४९ मत प्राप्त गरी विजय हासिल गरेका हुन् ।

चौधरीको निकटतम प्रतिद्धन्द्धी समाजवादी पार्टीका रामजानकी यादव ३ हजार ४१ मत ल्याए । यादव चुनावको मुखैमा टिकट नपाएपछि नेकपा छाडेर समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।

त्यस्तै राजपाकी रविताकुमारी चौधरीले २ हजार ९६६ मत प्राप्त गरेकी छन् भने कांग्रेसका बिजयकुमार यादवले १ हजार ९३५ मत प्राप्त गरे । सिके राउतको जनमत पार्टी प्रतिस्पर्धामा आउन सकेन ।